द बिस्पा र इन्टेस ईल्डमा रेश्मा उल्लु


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । गायिका रेश्मा सुनुवारको आवाजमा र द बिस्पा र इन्टेस ईल्डको निमार्णमा उल्लु सार्वजनिक भएको छ । गायिका सुनुवार कै अफिसिएल युटुब बाट सार्वजनिक गरिएको छ।

म्युजिक भिडियो निर्देशक बिभोर पोख्रेलको निर्देशन रहेको भिडियोमा कोरियोग्राफी र लिड मेल मोडलमा अनुराग ठकुरी रहेका छन्। अनुराग संगै भिडियोमा फिमेल मोडलमा स्वीकृति प्याकुरेल , समिता ओझा र डिचेन लामा लाई फिचर गरिएको छ।

कोरियोग्राफीमा नयाँ कन्सेप क्यामेरा सँगको केमेष्ट्री मिलाउन निकै गारो भएको थियो भिडियो को टेष्ट फरक पार्नु नै मेरो लक्ष थियो कोरिग्राफ़र अनुराग ठकुरीले बताए ।

सार्वजनिक म्युजिक भिडियो अहिले सम्मकै नेपाली म्युजिक भिडियोहरुमा फरक किसिमको मेकिङ्ग गरिएको छ। हलिउड फ्लेबरको मेकिङ्ग रहेको यस भिडियो लाई सिनेमाटोग्राफर अनिल के मानन्धरले खिचेका हुन्।

चितवनको रमणीय स्थानमा छायांकन गरिएको यस गीतमा निर्देशक बिभोर पोख्रेलको मेहेनत राम्रै देखिन्छ । उनले भिडियोमा गायिकाको लिप सिंक देखि ४ जना मोडलहरुलाई राम्रै फ़िचरिङ्ग गराएका छन।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार