विष्णु राईको सगैँ जिउला सगँसगैँ मरौला


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । लोक गीत संगीतको विकाशमा समर्पित प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा विष्णु राईको लोकदोहोरी गीत ” सगैँ जिउला सगँसगैँ मरौला” गीतको भिडियो आजबाट बजारमा आएको छ ।

गीतमा गायिका टिका पुन र गायक विष्णु राईको आवाज रहेको छ । प्रेमका सर्वोकृष्ट भावहरुलाई कलात्मक तथा मौलिक रुपमा गीतमा जिवन्तता दिइएको छ ।

भेट भएको अवस्थामा नै आपसी प्रेमका सम्वादहरुलाई ब्यक्त्त गर्न सुभाव प्रेमिकालाई दिइएको छ । विष्णु राईको शब्द तथा लय सिर्जनामा गीत तयार गरिएको छ ।

सागर गौत्तमको छायाँकन , अविनास डिसीको सम्पादन र बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ” सगैँ जिउला सगँसगैँ मरौला” गीतमा सञ्चिता शाही र बुद्धविर थापाको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार