‘सेनेगल’ कविता संग्रह र ‘शासन र विकास’ पुस्तक सार्वजनिक


Share This

नेपालबहस संवाददाता    

२९ असोज, काठमाडौं । डा विदुर चालिसेको ‘सेनेगल’ कविता संग्रह सार्वजनिक भएको छ ।

सेनेगल देशमा भिक्षुणीले भोग्नुपरेको समस्यामा केन्द्रित भएर संग्रह प्रकाशन गरिएको शनिबार आयोजित विमोचन समारोहमा जानकारी दिइयो ।

अभिनव साहित्य समाजको १८८औँ साहित्यिक शृङ्खलामा संग्रह सार्वजनिक गरिएको हो ।

समीक्षक हेमचन्द्र नेपाल र डा शेषराज आचार्यलगायतले संग्रहका विषयमा मन्तव्य राखेका थिए ।

साहित्यिक शृङ्खलामा राम्रो रचना वाचन गरेका रचना घिमिरे, कृतिका न्यौपाने र मिशन अधिकारीलाई पुरस्कृत गरिएको थियो ।

प्रत्येक महिनाको अन्तिम शनिबार जोरपाटीमा हुने साहित्यिक कार्यक्रममा कुसुम शर्मा, रमेश भट्टराई, घनश्याम प्रसाईं, बुद्धरत्न शाक्य, गोविन्द नेपाल, मेनका पोख्रेल, प्रकाश बस्नेत, महेशकुमार वाग्ले, पुण्य गौतम ‘विश्वास’, अर्पणा केसीलगायतले आ–आफ्ना रचना पाठ गरेका थिए ।

‘शासन र विकास’ नामक पुस्तक प्रकाशित

नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले ‘शासन र विकास’ नामक पुस्तक बजारमा ल्याएका छन् ।

लोकसेवा आयोगद्वारा लिइने सहसचिवस्तरको परीक्षालाई लक्षित गरी रानामगरले शासन र विकास नामक पुस्तकको पहिलो संस्करण पैरवी प्रकाशनमार्फत बजारमा ल्याएका हुन् ।

सो पुस्तकमा सहसचिवस्तरको परीक्षालाई मात्र नभई अन्य सेवा र तहको प्रतिस्पर्धात्मक परीक्षाका लागिसमेत उपयोगी हुने विषयवस्तुहरु समावेश छ ।

पुस्तकमा शासन व्यवस्था, संवैधानिक अधिकार र यसको प्रयोग, प्रशासन र व्यवस्थापन, सार्वजनिक नीति निर्माण, प्रक्रिया तथा सवालहरु र विकासका समसामयिक विषयहरु समेटिएको ३३ मूल शीर्षकअन्तर्गतका ५० भन्दा बढी लेख समावेश छन् । यसमा परीक्षामा सफलता पाउन अपनाउनु गर्नुपर्ने तयारीका केही टिप्ससमेत समावेश गरिएको छ ।

लोकसेवा आयोगले गत वर्ष मात्र पाठ्यक्रम परिमार्जन गरेको हुँदा उक्त नयाँ पाठ्यक्रमलाई आधार मानेर परीक्षा सहयोगी पुस्तक प्रकाशित नभइरहेको सन्दर्भमा परीक्षार्थीका लागि यो पुस्तक सहयोगी हुने देखिन्छ ।

रानाले यसअगावै यसभन्दा पहिले लोकसेवा आयोगद्वारा लिइने उपसचिव तथा सहसचिवस्तरको परीक्षालाई नै लक्षित गरी ‘सार्वजनिक व्यवस्थापन’ नामक पुस्तक पहिलो र दोस्रो अंक प्रकाशन गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार