शंकरले सुष्मालाई जिस्काउँदा फुटाए पानीको घैला


Share This

नेपालबहस संवाददाता    

“फुट्यो पानीको घैला, गाउँ भरी भयो खैलाबैला”

१ असार,काठमाडौं । नेपाली लोकदोहोरी गीत पानीको घैला सार्वजनिक भएको छ । चर्चित लोकगायिका पूर्णकला बीसी र गायक भुपेन्द्र चाम्लागाईको संयुक्त आवाजमा रहेको पानीको घैला बोल गीतको भिडियो सार्वजनिक भएको हो ।

एकनारायण भण्डारीको शब्द रचना रहेको गीतमा भण्डारीको आफ्नै संगीत रहेको छ ।

हालै सार्वजनिक भएको भिडियोमा चर्चित अभिनेत्री सुष्मा कार्की र लोकदोहोरीका नायकले परिचित शंकर बीसीको अभिनय रहेको छ । नविन घर्तीको सम्पादन, राजेश घिमिरेको छायांकनलाई शंकर बीसीले निर्देशन गरेका छन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार