सञ्जय दत्तको आमा र श्रीमतीको भूमिकामा मनिषा कोइराला


Share This

नेपालबहस संवाददाता    

काठमाडौं   । यतिबेला अभिनेता सञ्जय दत्तको बायोपिक ‘सञ्जु’ को चर्चा चुलिएको छ । जुन २९ मा प्रदर्शनको तयारीमा रहेको यस फिल्ममा अभिनेता सञ्जयको भूमिका रणवीर कपूरले निभाएका छन् । जसको ट्रेलर हालै सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक भए सँगै सञ्जय दत्तको जीवनीमा बनेको यो फिल्म हेर्नका लागि दर्शकहरुमा थप उत्साह बढेको छ ।

यति बेला सञ्जय दत्त सामु एकपछि अर्को गर्दै फिल्महरुको लाइन लागेको छ । यतिबेला सञ्जय फिल्म ‘कलंक’को छायाँकंनमा व्यस्त छन भने उनको अर्को फिल्म ‘टोरबाज’ छायाँकंनमा समेत व्यस्त छन ।

यसैबीच सञ्जयले उनले एक अर्को फिल्मको घोषणा गरेका छन् । सञ्जय दत्त प्रोडक्सन कम्पनीले साउथ फिल्म ‘प्रस्थानम’ को हिन्दी रिमेक बनाउने भएको छ । यस फिल्ममा अभिनेत्री मनिषा कोइराला र सञ्जय दत्तको जोडी १० वर्षपछि एकसाथ दोहोरिने भएको छ ।

मनिषा कोइराला फिल्म ‘सञ्जु’ मा सञ्जय दत्तकी आमा नरगिस दत्तको भूमिका निभाइरहेकी छिन् भने फिल्म ‘प्रस्थानम’ मा उनकी पत्नीको भूमिका निभाउनेछिन् ।

फिल्म ‘प्रस्थानम’ साउथ फिल्म उद्योगमा सुपरहिट भएको थियो । त्यही फिल्मको हिन्दी रिमेकमा अभिनेता सञ्जय दत्त प्रमूख भूमिकामा रहनेछन् भने मनिषा कोइरालाको सञ्जयकी पत्नीको भूमिका रहेको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार