ट्रेन्डिङ नम्वर एकमा नेपाली चलचित्र ‘राज्जा रानी’


Share This


नेपालबहस संवाददाता    76 Views

काठमाडौं । तराईमा व्यप्त बाल विवाह र दाईजो पथा विरुद्ध बनेको नेपाली चलचित्र ‘राज्जा रानी’ केही दिनदेखि युट्यु ट्रेन्डिंग नम्वर एकमा परिरहेको छ ।केकी अधिकारी र नाजिर हुसेनको शिर्ष भूमिका रहेको यो फिल्मलाई एक सातमा ३१ लाख बढीले हेरिसकेका छन् ।

पुरा फिल्म हेर्नुस्  :

याम थापाको लेखन तथा निर्देशन रहेको ‘राज्जा रानी’ हेरेर चार हजार भन्दा बढीले प्रतिक्रिया जनाएका छन् । जसमा अधिकांश प्रतिक्रिया सकारात्मक छन् ।

युट्युवमा हिट यो फिल्मले सार्वजनिक प्रदर्शनमा भने दर्शकको उल्लेख्य साथ पाउन असफल भएको थियो । रमेश एमके पौडेलले निर्माण गरेको फिल्ममा रेखा थापाको पनि विशेष भूमिका छ ।

तपाईको प्रतिक्रिया