सेनको ‘मेरी मामु’मा शारुक र अश्लेषाको जोडी बाँधियो


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । निर्माता सन्तोष सेनले निर्माण गर्न लागेको फिल्म ‘मेरी मामु’ को लागि नायकमा शारुक ताम्रकार र नायिकामा अश्लेषा ठकुरी पक्का भएका छन् ।

रानी डेव्यु शारुक र प्रेम गीत २ डेव्यु अश्लेषा पहिलो पटकसँगै पर्दा सेयर गर्न लागेका हुन् । निर्माता सेनले शारुक र अश्लेषाको भूमिकामा महत्वपूर्ण रहने बताएका छन् ।

निर्माता सेनका छोरा आयुब सेन र नव नायिका कुसुम गुरुङको भने फिल्ममा मुख्य भूमिका रहनेछ । केही दिनमा छायाँकन सुरु हुने फिल्ममा वरिष्ठ अभिनेत्री भूवन चन्द, दुर्गा मल्ल, कृजन गौतम र शुभम बिष्टको पनि अभिनय रहने भएको छ ।

‘मेरी मामु’ मा यम थापाको लेखन तथा निर्देशन रहनेछ । फिल्मलाई यही भदौ १५ गते प्रदर्शन गर्ने सेनको योजना छ । प्रेम गीत ३ को छायाँकन भने मेरी मामु रिलिज पछि हुने निर्माता सेनको भनाई छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State