साउनमा त्रिकोणात्मक प्रेम कथाको ‘टिनएज’ लाग्ने


Share This


नेपालबहस संवाददाता    145 Views

काठमाडौं । दिनेश पाख्रिनले निर्देशन गरेको फिल्म ‘टिनएज’ साउनमा रिलिज हुने पक्का भएको छ । युवापुस्ताको कथामा निर्माण भएको फिल्मलाई साउन २५ देखि दर्शकले हेर्न पाउने निर्देशक पाख्रिनले बताए ।

नेपाल अगाडी जापान र कोरियामा रिलिज हुने फिल्ममा नरेश बिर सिं, प्रतिक्षा खड्का, एन्जीला खड्गी, कृष्ण सिवाकोटी, सरिता राजभण्डारी, सरोज शाह, निर्मल स्याङतान, रेशम फिरिरी लगायतका कलाकारको अभिनय छ ।

हेलेन फिल्मस्को व्यानरमा हेलेन पाख्रिनको प्रस्तुति रहेको फिल्मलाई बिरु मगर, बुद्दिमान स्याङतान, निमाया पाख्रिन र देविका खड्गीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

फिल्ममा विकास चौधरीरबसन्त सापकोटाको संगीत, जनक कार्की र दीपक सिंको कोरियोग्राफी छ ।

तपाईको प्रतिक्रिया