‘तिमी हुन्छौ जहाँ जहाँ’ शुक्रबार देखि प्रदर्शनमा आउने


Share This


नेपालबहस संवाददाता    72 Views

काठमाडौं । आउने शुक्रवारबाट नेपाली फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ देशव्यापी रुपमा प्रदशनमा आउने भएको छ ।  निर्माता डालचन्द्र दवाडीले यसको कथा निर्देशक आफैंले लेखेका हुन् । माधव शर्मा घिमिरेको संवाद तथा पटकथा रहेको यस फिल्ममा रोशन श्रेष्ठले द्वन्द्व निर्देशनको जिम्मेवारी सम्हालेका छन् ।

मदन दवाडी र हरीप्रसाद अधिकारी पनि निर्माता रहेको फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ को सह निर्मातामा विना कार्की छिन् । कविराज गहतराजको कोरियोग्राफी रहेको यस फिल्ममा रामशरण उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारी र सालिक दुलालको सम्पादन, डेभिल भण्डारीको गीत रचना र अर्जुन पोखरेलको संगीत रहेको छ ।

फिल्ममिा अभिनेत्री मलिना जोशी, अभिनेता मनिष सुन्दर श्रेष्ठ, नव(अभिनेत्री तमन्ना केसी रहेका छन् ।

तपाईको प्रतिक्रिया