‘कहिँ कतै’ को यो मौसम गीतको भिडियो सार्वजनिक


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । साउन २५ गतेबाट रिलिज हुने ‘कहिँ कतै’ को नयाँ गीत ’यो मौसम’ को भिडियो सार्वजनिक गरिएको छ । सचिन सिंहको संगीत रहेको गीतमा थुप्देन भूटिया र मेलिना राईको स्वर रहेको छ । शब्द रचना मनोज राजको हो ।

निर्मात्री तथा कलाकार उमा बेवी र नायक किशोर खतिवडा फिचरिंग गीतको भिडियो यस प्रकार छ :

कमल राईको कोरियोग्राफी रहेको गीतलाई सिक्कीम वरपरका मनोरम हिमाली दृश्यहरुमा खिचिएको छ । फिल्ममा दिलीप रायमाझी, किशोर खतिवडा तथा निर्मात्री उमा ‘बेबी’ गिरीको साथमा शिवानी गिरी र सोनम बरफुङ्गपाको अभिनय रहेको छ । सिवानी र सोनमले यहि फिल्मबाट डेब्यू गरेका हुन् । कहिँ कतै’ मा शबिर श्रेष्ठको लेखन तथा निर्देशन छ ।
हेर्नुस गित

तपाईको प्रतिक्रिया