‘चिमुसीचि’को ट्रेलर सार्वजनिक


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । फिल्म ’चि मुसी चि’को ट्रेलर रिलीज भएको छ । थ्रिल ट्रेलरले दर्शकमा फिल्मप्रति कौतुहलता जगाउने निर्माण पक्षले विश्वास लिएको छ ।

ट्रेलरमा नायकद्वय सुनिल क्षेत्री र शुसान्त कार्कीको टक्कर देखाईएको छ भने नायिका अलिशा शर्माको भूमिका सस्पेन्स छ । निर्देशक दिनेश श्रेष्ठले चि मुसी चि को ट्रेलर यस्तो बनाएका छन् ।

हल जानुअगाडी दर्शकलाई एक प्रकारको कौतुहलता प्रदान गर्न ट्रेलरमा सबै कुरा प्रष्ट नखुलाएको निर्देशक दिनेश श्रेष्ठले बताए । ’सस्पेन्स थ्रिलमा नयाँ स्वादको फिल्म बनाएका छौँ, ट्रेलरमा जे(जति दृश्य छन् यि दृश्यहरुले त्यसलाई प्रष्ट पारेको छ’ निर्देशक श्रेष्ठले बताए ।

एक अर्कामा हानाथापको नियतले खेलिने खेललाई नेपाली समाजमा ’चि मुसी चि’ भनेर चिन्ने गरिन्छ । यहि आधारमा फिल्मको कथामा पनि केहि त्यस्तै घटना हुनसक्ने अनुमान लगाउन सकिन्छ ।

त्यो हानाथापको केन्द्रमा नायिका हुन की भन्ने अनुमान ट्रेलरबाट गर्न सकिन्छ । फिल्म चि मुसी चि साउन ११ गतेदेखि रिलिज हुँदैछ । यो यसै फिल्मबाट नायक सुनिल र नायिका अलिशाले डेब्यू गर्दैछन् ।

अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।

सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन् ।

तपाईको प्रतिक्रिया