‘ईन्टु मिन्टु लण्डनमा’को कलरफूल टिजर रिलिज


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । कोरियोग्राफर रेनशा वान्तवा राईको डेव्यु निर्देशन रहेको फिल्म ‘ईन्टु मिन्टु लण्डन’ मा को टिजर रिलिज गरिएको छ । अहिलेकी स्टार नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र चर्चित युट्युवर धिरज मगरको जोडी टिजरमा मिलेको देखिन्छ । टिजर यस्तो छ स्

‘ईन्टु मिन्टु लण्डन’ मा को टिजर कलरफूल र फ्रेस लाग्छ । लण्डनको लोकेशन लोभलाग्दा छ । कलाकार र कस्ट्युको कमिनेशन मिलेको छ ।फिल्मको छायाँकन नेपाल र युकेमा गरिएको हो । फिल्ममा साम्राज्ञी र धिरजसँगै नायक शारुक ताम्रकार लगायत अन्य कलाकारको अभिनय छ ।

आइकोर फिल्मसको प्रस्तुती रहेको ‘ईन्टु मिन्टु लण्डनमा’ लाई प्रभु शम्शेर जवरा र प्रज्जवल शम्शेर जवरा मिलेर बनाएका हुन् । फिल्म असोज ५ गतेदेखि प्रदर्शनमा आउँदैछ । टिजर रिलिज भएसँगै ‘ईन्टु मिन्टु लण्डनमा’ प्रति दर्शकको चासो बढेको छ ।

तपाईको प्रतिक्रिया