यशकुमारको पछिल्लो निर्देशनमा ‘छिरिङ’को गीत सार्वजनिक


Share This


नेपालबहस संवाददाता    

छिरिङ’ मा २५ वर्षे पुरानो गीत बोल बोल पाखाहरु , कपिराइटको मुद्धा लाग्ला ?

काठमाडौं । कलाकार यशकुमारको पछिल्लो निर्देशन रहेको सिनेमा ‘छिरिङ ’को गीत सार्वजनिक भएको छ । २५ वर्ष पुरानो गीत बोल बोल पाखाहरु लाई रिमेक गरिएको गीतमा सुनिता थेम्मी र विन्दु परियारको आवाज रहेको छ ।

बुढासुब्बा म्युजिक डिजिटलबाट गत शनिबार सुटुक्क सार्वजनिक गरिएको गीतको विशेष गरी गायिकाको आवाजको प्रशंसा गरिएको छ । आशोज १२ गतेलाई आफ्नो प्रर्दशन मिति तोकेको सिनेमाले पहिलो गीत किन सुटुक्क रिलिज गरेकोमा निर्देशक यशकुमारले अहिले वल्र्डकपको महोल चलिरहेकाले सबैजनाको ध्यान वल्र्डकपमा भएकोले पनि हामीले कार्यक्रम राख्न सकेनौँ ।

यद्यपी हामीले छिरिङ्को पहिलो कोशेली स्वरुप यो गीत सार्वजनिक गरेका छौँ । ’ सार्वजनिक गरिएको गीत त पुरानो सिनेमा ‘झुमा’ मा समावेश अम्बर गुरुङ, प्रकाश गुरुङको संगीत, दिनेश अधिकारीको शब्द एवम् गायिका सुक्मित गुरुङले गाएको गीत होइन रु फेरि कपिराइटको लफडामा पर्नुहोला रु स्विकृती लिएर नै राखिएको हो या के हो रु हाम्रो प्रश्नमा कलाकार तथा निर्देशक यशकुमार लामो हाँसो हास्दै भन्छन् ः‘ बकाइदा हामीले स्विकृती लिएका छौँ ।

सम्बन्धित व्यक्ति र पक्षहरुसंग हाम्रो सम्झौता भएर नै राखेका हौँ । ’ गीतमा अपर मुस्ताङको मनोरम दृश्य समेटिएको छ भने बौद्ध धर्मावलम्बिहरुको संस्कारसंस्कृती झल्कने शैलीको भिडियो निर्माण भएको देखिन्छ ।

गीतमा नवनायिका कामना भुजेललाई फिचर गरिएको छ । सवीर श्रेष्ठ , यम थापा र यशकुमारको स्क्रिनप्ले रहेको छिरिङमा नायक यशकुमार , कामना भुजेलका साथमा गायक तथा कलाकार निमा रुम्बाको पनि अभिनय रहेको छ ।

छायांकन समेत गुपचुपमा सम्पन्न गरेको छिरिङ युनिटले अबको केही दिनमै भव्यकार्यक्रमको आयोजना गरेर पत्रकार भेटघाट गर्ने निर्देशक यशकुमारले बताए । बाटोमुनीको फूल जस्ता सफल सिनेमा निर्माण गरेका यशकुमारले छिरिङबाट निकै आशा गरेका छन् ।

‘छिरिङ ’को गीत

तपाईको प्रतिक्रिया