सलमान खानलाई अवैध निर्माणको विषयमा नोटिस जारी


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । बलिउड दबंग स्टार सलमान खानलाई फेरि अर्को आपत आइलागेको छ । महाराष्ट्र वन विभागले उनको पनवेलमा रहेको फार्महाउसमा कथित अवैध निर्माणको विषयलाई लिएर नोटिस जारी गरेको छ ।

खान परिवारको वजापुरमा रहेको ‘अर्पिता फार्म’ नामक ठूलो फार्महाउस छ । यसलाई सन् २००३ मा पर्यावरणको दृष्टिकोणले संवेदनशील घोषित गरिएको थियो ।

त्यसपछि सबै निर्माण कार्यमा रोक लगाइएको थियो । त्यो रोकलाई लत्याउँदै सलमानको परिवारले नयाँ निर्माण कार्य गरेका थिए ।भारतीय दैनिक पत्रिका टाइम्स अफ इन्डियाका अनुसार अर्पिता फार्ममा सिमेन्ट, कंक्रिट निर्माण गरी उल्लंघन गरेकाले कार्वाहीका लागि नोटिस जारी गरिएको हो ।

तर सलमानलाई नोटिस दिने वन अधिकारी एसएस कापसेको पनि सरुवा भएको बुझिएको छ । सलमानलाई केही न केही टेन्सन भइरहेकै छ । यही कारण उनी नेपाल आउने कार्यक्रमसमेत सर्दै गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार