धूम ३ को ट्रेलर सार्वजनिक



नेपालबहस संवाददाता
 




काठमाडौं । नेपाली समाजको यथार्थतालाई समेत उतारिएको चलचित्र धूम ३ को ट्रेलर सार्वजनिक भएको छ । छायाँकनको समय देखि नै अत्याधिक चर्चामा रहेको चलचित्र धूम ३ को लेखन, निर्माण तथा निर्देशन नायक जय किशन बस्नेतले गरेका छन् भने यो चलचित्र जय किशन बस्नेत फिल्मस प्रा।लि।को ब्यानरमा निर्माण गरिएको छ ।

आफ्नो होम प्रोडक्सन तथा बाहिरका चलचित्रमा समेत ब्यस्त रहेका नायक जय किशन बस्नेतकै लेखन, निर्माण र निर्देशन समेत रहेको चलचित्र धूम ३ को ट्रेलरमा नायक बस्नेतका साथै नव नायिका एलिना रायमाझी प्रमुख भूमिकामा देखिएका छन् ।

चलचित्रको ट्रेलर हेर्दा नायक बस्नेतले अघिल्ला चलचित्रहरुमा झैं आफ्नो हाँस्य विधालाई छोडेका छैनन् । त्यसो त यस चलचित्रमा एक्सन, लभ स्टोरी तथा नारी समवेदनामा आधारित कारुणिक दृष्य पनि समेटेको देखिन्छ ।

यही आउँदो अशोज ५ गतेदेखि देशब्यापी प्रदर्शनको तयारीमा रहेको यस चलचित्रमा जय किशन बस्नेत र शिव विकको नृत्य, जीवन श्रेष्ठको छायाँकन, हिमाल के।सी।को द्वन्द, टंक बुढाथोकी र ओम सुनारको संगीत तथा तुलसी बाँस्कोटाको सम्पादन रहेको छ ।