आजदेखि ६४ लागे भुवन केसी, सदाबहार सुन्दर



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपाली चलचित्रका सदाबहार नायक भुवन केसी ६४ वर्ष लागेका छन् । थुप्रै हिट फिल्म दिएका भुवन पछिल्लो समय निर्माण तथा निर्देशनमा सक्रिय छन् ।

हाल उनी छोरा अनमोललाई लिएर क्याप्टेन निर्माणमा जुटिरहेका छन् । कुसुमे रुमाल, साइनो, सम्झना, नेपाली बाबु जस्ता हिट फिल्म दिएका छन् । भुवन फिल्म उद्योगमा जति सम्मानित र प्रसिद्ध छन् ब्यक्तिगत गसिप र विवादका कारण चर्चामा आइरहन्छन् ।

नायिका सुस्मिता केसीसँग विवाह गरेका भुवनले सुस्मितासँग सम्बन्ध विच्छेद भएपछि छोरा अनमोलसँग बस्दै आएका छन् । हिजोआज नायिका जिया केसीसँग उनको प्रेम सम्बन्ध रहेको पनि चर्चा चल्ने गरेको छ ।

गायक पनि हुन् भुवन
नायक भुवन केसीले कलाकारिताको सुरुवात गायनबाट गरेका थिए । उनले रेडियो नेपालको स्वर परिक्षा पास पनि गरेका छन् । रेडियो गायनबाट सुरु भएको भुवनको कलाकारिता नायकको पहिचानमा बदलिएको हो ।

जुनीबाट उदाएका भुवनभुवनको पहिलो फिल्म थियो जुनी । जुन सन् १९८२ मा प्रदर्शनमा आएको थियो । ब्यवसायिक रुपमा उति सफल नभए पनि भुवनलाई चिनाउन चाँही उक्त फिल्मले काम गर्यो ।

सन् १९८३ मा रिलिज भएको फिल्म सम्झनाले भुवनलाई सफलता दिलायो । सम्झना फिल्म हिट भएपछि भुवन पनि हिट भए । अनि एकपछि अर्को सुपरहिट फिल्म गर्दै सदाबहार नायक बने ।

अनमोललाई अनमोल बनाउने भुवन

छोरा अनमोला केसीको क्रेज अहिले नेपाली फिल्म उद्योगमा ब्यापक छ । अनमोलले एउटै फिल्म खेलेको ५० लाखसम्म लिन्छन् । ५० लाख पारिश्रमिक लिएर क्याप्टेनमा काम गरिरहेका छन् अनमोल ।

अनमोल अहिले युवापुस्तामाझ लोकप्रिय अभिनेता हुन् । अनमोलले यति सफलता पाउनुमा भुवनको ठुलो सहयोग छ ।

बुढेसकालमा पनि जवान

उमेरले ६४ लाग्दा पनि अझै जवान देखिन्छन् भुवन । उनी आफ्नो स्वास्थ्यलाई खुबै ख्याल गर्छन् । नियमति कसरत र ब्याम पनि गर्छन् ।

शरिरलाई मेन्टेन गरेर ६० पार गर्दा पनि भुवनको चमकता उस्तै छ । उनका लाखौँ फ्यानहरु उनको सुन्दरताको दिवाना छन् ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार