fbpx

शाहरुख खानकी पत्नी बन्दै रानी मुखर्जी


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । भारतीय मिडियाका अनुसार बलिउडका चर्चित अभिनेता शाहरुख खान अब भारतका पहिलो अन्तरिक्षयात्री राकेश शर्माको जीवनीमा आधरित फिल्ममा खेल्ने भएका छन् ।

यस फिल्ममा सुरुमा अभिनयका लागि आमिर खान, प्रियंका चोपडा, करिना कपुर, ऐश्वर्य राय, अनुष्का शर्मा, दीपिका पादुकोण, क्याट्रिना कैफसम्मको नाम बाहिर आएको थियो ।

महेश मथाईको निर्देशन रहेको फिल्ममा अभिनेत्री रानी मुखर्जीलाई फिल्मका लागि शाहरुख खानकी पत्नीको भूमिकामा साइन गराउने भएको छ ।

फिल्ममा रानी शाहरुख खानकी पत्नीको भूमिकामा देखिनेछिन् । फिल्मको सुटिङ अक्टोबरबाट सुरु हुने भनिए पनि शाहरुख फिल्म ‘जिरो’मा व्यस्त भएका कारण यो फिल्म २०१९ बाट सुटिङ सुरु हुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार