नेपाली चलचित्रको आइटम गीतमा सनी लियोनको हट डान्स


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । बलिउड आइटम गर्ल सनी लियोनले पछिल्लो पटक एक नेपाली फिल्ममा आफ्नो नृत्य प्रस्तुत गरेकी छिन् ।लण्डनमा छायाँकन गरिएको फिल्म ‘पासवर्ड’को आइटम गीतमा सन्निले कम्मर मर्काएर आइटम नृत्य गरेकी हुन् ।

उक्त गीतको छायाँकनमा मात्रै निर्माण टिमले पाँच करोड नेपाली रुपैयाँ खर्च्यो। फिल्ममा समावेश हुने ‘सन्नि हो नाम मेरो’ बोलको गीतमा उनले आइटम डान्स पस्कँदा उनलाई बलिउडका भेट्रान कोरियोग्राफर विष्णु देभाले निर्देशन गरे।

अर्जुन पोखरेलले संगीत भरेको उक्त गीतको भिडियोमा नृत्य गर्न सन्नि ७ जनाको टिम लिएर लण्डन पुगेकी थिइन्। नेपाली फिल्ममा हालसम्मकै सर्वाधिक बजेटमा निर्माण गरिएको उक्त गीतमा सन्निलाई २ सय बढि डान्सरले साथ दिएका छन्।

भारत र बेलायतका नृत्याङ्गनाहरु गीतमा सन्निसँगै फिचर छन्।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार