fbpx

ज्योतिषी ज्ञानमा आधारित ‘शुभ लभ’को ट्रेलर सार्वजनिक


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । आगामी चैत १५ गतेबाट रिलिज हुने फिल्म ‘शुभ लभ’को ट्रेलर सार्वजनिक भएको छ ।  सन्तोषबाबु लोहनीको निर्देशनमा रहेको फिल्मको ट्रेलरमा ज्योतिषको लभ लाईफमा ज्योतिषी ज्ञान हावी भएको देखाइएको छ ।

ज्योतिषी ज्ञान कथामा आधारित फिल्ममा युवा ज्योतिषी हरिहर अधिकारी र क्रिस्टिन पौडेल जोडिको रुपमा प्रस्तुत भएका छन् ।  फिल्ममा हरिहर र क्रिस्टिनसँगै सरोज खनाल, प्रदीप बाँस्तोला, रवीन्द्र झा, राजाराम पौडेल, डा.सूर्या थापा लगायत कलाकारको अभिनय रहेको छ । हरिहर अधिकारी र क्रिस्टिन पौडेल यो फिल्मबाट डेब्यु गर्दैछन् ।

धर्मराज सुवेदीले लगानी गरेको फिल्ममा शब्द तथा संगीत अर्जुन पोखरेलको रहेको छ ।  फिल्मको कथा अभिनेता हरिहरले तयार पारेका हुन् भने पटकथा अभिमन्यु निरावीले तयार पारेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार