fbpx

प्रदीप र जसिताको ‘लभ स्टेशन’ ट्रेलर रिलिज


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । आगामि चैत २२ गतेबाट देशैभर रिलिज हुने फिल्म ‘लभ स्टेशन’को ट्रेलर मंगलबार सार्वजनिक भएको छ । ट्रेलरमा नायक प्रदिप खड्का गायकको भूमिकामा प्रस्तुत भएका छन् ।

लभ स्टोरी फिल्ममा प्रदीपसँगै जसिता गुरुङ, रमेश बुढाथोकी, सरु विष्ट, रवि डंगोल, प्रिया रिजाल, प्रकाश शाह, रेशु खरेल, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायत कलाकारको अभिनय रहेको छ । फिल्मको कथा सुवाष सिंह बस्नेतले तयार पारेका हुन् ।

उज्जवल घिमिरेले निर्देशन गरेको फिल्मलाई गोविन्द शाही, क्रिशु शाही ‘काफिया’ र कविरविक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाले छायांकन गरेको फिल्मलाई अर्जुन जिसी र लोकेश बजार्चायले सम्पादन गरेका छन् ।

फिल्ममा एक्सन कुमार श्रेष्ठको, कोरियोग्राफी शिशिर खत्रीको, संगीत शम्भुजीत बास्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको रहेको छ ।

तपाईको प्रतिक्रिया