fbpx

चुनाव प्रचारमा हिँडेका बलिउड नायकको मृत्यु



नेपालबहस संवाददाता
 




काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) को रामनाथपुरम लोकसभा सिटबाट उम्मेद्वार बनेका नायक नागेन्द्रनका लागि चुनाव प्रचारप्रसारमा खटिएका भारतीय कलाकार जेके रितेशको हृदयघातका कारण मृत्यु भएको छ ।

४६ वर्षका रितेशलाई हृदयघातलगत्तै अस्पताल पुर्याइएपनि चिकित्सकले बचाउन सकेनन् । रितेश १५ औं लोकसभामा डिएमके पार्टीका सांसद पनि थिए ।

जेके रितेशलाई अन्तिमपटक फिल्म एलकेजीमा देखिएको थियो । उनको परिवारमा उनकी श्रीमती जोथीश्वरी र तीन सन्तान छन् ।