fbpx

तपाईको दाँतको बीचमा खाली भाग छ ? यता हेर्नुहोस


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । सांमुद्रिक शास्त्रका अनुसार जुन मानिसहरुको दाँतको बीचमा खाली भाग हुन्छ उनीहरुको भाग्यफल तथा स्वभाव कस्तो हुन्छ भनेर एक प्रकारको टिप्पणी गरेको छ ।

शास्त्रको मान्यता अनुसार शरीरको माथिदेखि तलसम्मको शरीरको बनावट हेरेर नै सबै कुराहरु पत्ता लगाउन सकिने बताइएको छ ।

जस्तै उनीहरुको स्वभाव, चरित्र तथा भुतकाल तथा बर्तमान र भविष्यको अन्दाज लगाउन सकिने बताइएको छ ।  दांतको बीच भागमा खाली ठाँउ हुने मानिसहरुको भाग्य तथा स्वभाव कस्तो हुन्छ सो कुरा पढ्न सक्नु हुनेछ ।

मिलेका तथा चम्किला दाँत हुने मानिसहरुको भाग्यफल !

१. सामुद्रिक शास्त्रका अनुसार जुन ब्यक्तिका दाँत समान रुपका तथा चम्किला छन्, त्यस्ता ब्यक्तिहरु सुखसंग जीवन ब्यतित गर्ने खालका हुन्छन् ।

२. ज्योतिष शास्त्रका अनुसार पनि मिलेका र चम्किला दाँत हुनेहरुको जीवनशैली सुखमय तरिकाले ब्यतित हुन्छ भन्ने कुरा उल्लेख गरेको छ । यस्ता ब्यतिरुलाई कुनै पनि प्रकारको समस्या पर्दैन र यस्ता मानिसरु पैसा खर्च गर्ने बिषयमा एकदमै सावधानी अपनाउछन् र तिक्ष्ण दिमाग भएका हुन्छन् ।

दांतको बीचमा खाली हुनेहरु भाग्यमानी हुन्छन् । ज्योतिष शास्त्रका अनुसार जुन मानिसहरुको दांतको बीचमा खाली भाग हुन्छ त्यस्ता मानिसहरु बुद्धिवान तथा उर्जावान हुन्छन्, यस्ता मानिसहरु आफ्नो बुद्धिबिवेकले परिश्रम गरि जीवनमा धेरै प्रगती गर्ने हुन्छन् । तर उनीहरुलाई जीवनमा धेरै कठिनाईरु आइपर्ने हुन्छ तरपनि त्यस्ता क्षणहरु पार गर्दै अघि बढ्न सक्छन् ।

यस्ता मानिसहरु खुला बिचार भएका हुन्छन्, आफ्नो मनको कुरा अरुलाई भन्न लाज मान्दैनन्, सुन्दरताको बिषयमा अति सजग हुनुका साथै खानपिनमा अत्यन्तै शौखिन हुन्छन् । यस्ता ब्यक्तिहरुलाई सजिलैसंग झुक्याउन सकिदैन तथा पैसाको बिषयमा अरु भन्दा चतुर हुन्छन् । एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार