fbpx

वैवाहिक जीवन : रिसालु श्रीमतीलाई कसरी सम्हाल्ने ?


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । वैवाहिक जीवनमा उतारचढाव र श्रीमतीको बिचारमा अन्तर हुनु स्वाभाविक हो । कहिलेकाही एक साथी धेरै प्रभावी या डोमिनेटिङ्ग हुन सक्छ ।

यदि श्रीमानले आफ्नै कुरा मान्नुपर्छ भन्ने सोच्छन् भने श्रीमती चुप रहने प्रयास गरेर सामञ्जस्य बढाउने कोशिस गर्छिन् र यदि श्रीमती कुरा कुरामा बहस गर्छिन् भने घरमा शान्ति बनाइराख्ने भुमिका श्रीमानले निभाउनु पर्छ ।

कुन कुराले रिसाएको हो, जान्ने कोसिस गर्नुहोस्:

श्रीमान-श्रीमतीले एक-अर्काको स्वभाव बुझ्न धेरै आवश्यक हुन्छ । श्रीमती हरेक कुरामा रिसाउदैनन् होला, बिनाकारण कोही पनि रिसाउदैन।

त्यो कुरा र अवस्थालाई ध्यान दिनुहोस्, जुन कुराले श्रीमतीलाई रिस उठ्छ । यदि उनलाई बुझ्नुभयो भने यस्तो अवस्था उत्पन्न हुनबाट बच्न सकिन्छ र श्रीमतीको रिसलाई सामना गर्नुपर्दैन ।

आफ्नो व्यवहारलाई चेक गर्दै गर्नुहोस्:

हुनसक्छ, तपाईको कुनै यस्तो बानी छ, जुन उनलाई मनप्र्दैन । तपाईका लागि त्यस्तो व्यवहार या बानीलाई परिर्वतन गर्न असम्भव नै भएपनि श्रीमती सामुन्ने त्यस्तो कुरा नगर्नुहोस्, जसले उनीभित्र झिँझलाहट पैदा होस् ।

गल्ती स्वीकार्नुहोस्:

गल्ती सबैबाट हुन्छ, आफ्नो गल्ती स्वीकार्नुहोस् भन्ने श्रीमती चाहन्छिन् भने यसमा नराम्रो नै के छ र ? यसप्रकार उनलाई पनि राम्रो लाग्छ र तपाईलाई पनि उनको क्रोधबाट चाँडै छुटकारा मिल्छ । हुनसक्छ, तपाईको कुनै यस्तो बानी छ, जुन उनलाई मनप्र्दैन तर आफ्नो गल्ती स्विकार्न सक्नु भयो भने समस्याबाट चाडै मुक्त हुन सक्नुहुनेछ ।

आफ्नो ईगोलाई एकातिर राख्नुहोस्:

उनको कुरा सुन्नुहोस् । कहिले काहीँ आफ्नो कुरा सुनिदिने मान्छे नहुँदा पनि रिस उठ्न सक्छ । हुनसक्छ, उनी सोही कुरामा रिसाइरहेकी हुनसक्छिन् । यस संसारमा धेरे मानिस यसैकारणले डिप्रेसनमा रहेका हुन्छन् कि उनको कुरा सुन्ने र बुझ्ने कोही छैन् । म आफु ठुलो हो उनको कुरा सुन्न आवश्यक छैन भन्ने इगो मनबाट हटाउनुहोस् र उनलाई मित्रको जस्तो व्यवहार गर्नुहोस् ।

उनको मानसिक अवस्थालाई हेरेर उसको कुरा सुन्नुहोस्:

शान्त हुने समय दिनुहोस् । तपाईलाई आफ्ना श्रीमतीलाई रिस उठिरहेको छ जस्तो लाग्यो भने उसलाई चुप लगाउने या कुनै प्रतिक्रिया दिनुहोस् । बीचमा बोल्ने या नराम्रो भन्यो भने कुरा बढ्छ जान्छ । हुनसक्छ, तपाई उसको कुरा सुन्नुहुन्न, जे भन्न चाहान्छिन् तपाई भन्ने मौका दिनुहोस् । उनको कुरालाई ध्यान दिएर सुन्नुहोस् ।

हुनसक्छ , तपाईले यसो गर्नुभयो भने रिसको साहारा लिन नपरोस् । उनलाई स्पेस दिनुहोस् ताकी उनलाई आफ्नो गल्ती महशुस हुन्छ या तपाईसँग आएर सरी पनि भन्न सक्छिन् ।

मनोबैज्ञानिकका अनुसार जो मानिसलाई धेरै बढी उठ्छ जति चाँडो रिस उठ्छ त्यति नै चाडो रिस शान्त पनि हुन्छ । यदि कुनै कारण तपाईकी श्रीमतीको पारा तात्यो हुन त यस्तो गर्न गाह्राे हुन्छ तर कोशिस गर्नुहोस्, त्यो समयमा आफ्नो अनुहारमा खुशी ल्याइरहनुहोस् । फेरि हेर्नुहोस् कसरी तपाईकी श्रीमती शान्त हुन्छिन् । हुनसक्छ, उनले आफुलाई तपाईले गिज्याइरहेको महशुस गर्न सक्छिन् ।

धैर्य बनाइरहनुहोस्:
आफ्नो रिसालु श्रीमतीका साथ निभाउन तपाईले धैर्य गर्नुपर्छ । तपाईलाई बहिलेकाही यति सानोसानो कुरामा किन रिसाएको होला भन्ने पनि लाग्छ । उसले किन यस्तो रिएक्ट गरेकी भन्ने पनि लाग्नसक्ला तर यस्तोमा उनलाई रोक्ने या उसँग रिसाउने गर्नुभयो भने उनको रिस झन बढ्छ । तपाई धैर्य नै गरिरहनुहोस् बरु हुन्छ भने उसको अगाडि नबस्नुहोस्, यसले कमसेकम तपाईको सहनशक्तिले त आफ्नो ठाँउ छोड्दैन् ।

घरबाट बाहिर जानुहोस्:
यदि उनी धेरै रिसाएकी छन् भने तपाई घरबाट नै बाहिर जानु राम्रो हुन्छ । जब तपाईँ फर्कनुहुन्छ, उनी शान्त भइसकेकी हुन्छिन् । यदि उनलाई कोही अरुसँग रिस उठेको छ भने दुवैजना वाकमा जानुहोस्, यसले तपाईकी श्रीमती र तपाईँ दुबैजनालाई रिल्याक्स हुन सहयोग पुग्छ ।

धेरै जसो श्रीमती आफ्नो श्रीमानबाट सर्पोट चाहान्छन् । यदि तपाईँकी श्रीमती कुनै कुरामा गलत नै भएपनि रिसाएको समयमा उनलाई सही देखाउने या बहस गर्ने प्रयास नगर्नुहोस् बरु सही समयको प्रतिक्षा गर्नुहोस् । यदि उनलाई उनको श्रीमान्ले सपोट गरिरहेको छ जस्तो लाग्छ भने उनलाई राहातको महसुस हुन्छ । जसकारण उनको रिस नियन्त्रणमा सहयोग मिल्छ ।

मनोवेज्ञानिक अनुसार तपाईँ उसलाई उनको इमोसन्समा कन्ट्रोल गर्ने र सल्लाह दिनको बदला आफ्नो मुख बन्द गर्नुहोस् र हाँसी राख्नुहोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार