स्मार्टफोनमा ७१ प्रतिशत महिलाले अश्लील सामाग्री हेर्ने


Share This


नेपालबहस संवाददाता    158 Views

काठमाडौं । प्रयोगकर्ताको सर्वेक्षण गर्ने हो भने महिला र पुरुष बराबर नै होलान् स्मार्टफोनहरुको प्रयोगमा। सजिलै उपलब्ध इन्टरनेट र स्मार्टफोनको सहायताले प्रविधिसँग युवा युवती दुवै उत्तिकै नजिक छन्। एक अध्ययनका अनुसार पुरुष भन्दा महिलाले स्मार्टफोनमा अश्लील सामाग्री बढी हेर्ने गरेको तथ्य सार्जजनिक भएको छ ।

पोर्न साइट पोर्नहबले सार्वजनिक गरेको एक अध्ययन अनुसार ७१ प्रतिशत महिला प्रयोगकर्ताले स्मार्टफोनमार्फत पोर्न सामग्री हेर्ने गरेका छन् । जबकि यो साइटमा स्मार्टफोनमार्फत पोर्न हेर्ने पुरुषको अनुपात त्यसभन्दा कम छ ।

रिपोर्टअनुसार पोर्नहब साइट हेर्ने ८० प्रतिशत महिलाले स्मार्टफोन वा ट्याबलेटमार्फत पोर्न साइट हेर्न मन पराउँछन् । जबकि स्मार्टफोनमा पोर्नहब साइट लगइन गर्न चाहने पुरुष ६९ प्रतिशत छन् ।

पोर्नहबका अनुसार उसका कुल प्रयोगकर्तामध्ये २६ प्रतिशत महिला छन् । रिपोर्ट अनुसार स्मार्टफोनमा पोर्नहब हेर्ने महिलामध्ये ५३ प्रतिशत एन्ड्रोइड प्रयोगकर्ता छन् भने ४५ प्रतिशत एप्पल प्रयोगकर्ता ।

विश्वव्यापी रूपमा मोबाइलबाट पोर्न सामग्री हेर्ने महिलाको अनुपात सबैभन्दा धेरै भएको देश दक्षिण अफ्रिका हो । अनलाइन पोर्न हेर्नेमध्ये ९१ प्रतिशतले महिलाले स्मार्टफोनबाट पोर्न हेर्ने गर्दछन् । दोस्रो स्थानमा ८९ प्रतिशत सहित अमेरिका र तेस्रो स्थानमा बेलायत र पाकिस्तान समान ८६ प्रतिशत रहेका छन् ।एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार