७५ घण्टा भाषणको विश्व रेर्कड तोड्दै केसी


Share This

नेपालबहस संवाददाता    

२२ असोज, काठमाडौं । भाषण गरेर गिनिज बुकमा नाम लेखाउने उद्देश्यका साथ नुवाकोट जिल्ला चिसापानीका अनन्तराम केसीले लगातार भाषण सुरु गरेका छन् ।

टेक्सास इन्टरनेशनल कलेज, मित्रपार्कमा उनले यही असोज १९ गते विहान ६ बजेदेखि भाषण सुरु गरेको उनकी श्रीमती पारु केसीले जानकारी दिइन् ।

लगातार ८४ घण्टा भाषण गरेर विश्वकीर्तिमान राख्ने उनको सोच छ ।

यसअघि भारत गुजरातस्थित सुरतका अश्विन सुडानीले यस्तो लगातार भाषणको ७५ घण्टा ३२ मिनटको रेकर्ड राखेका छन् । उनले विभिन्न ७५ शीर्षकमा भाषण दिएको बताइएको छ ।

हिजो दिउँसो ३ बजेसम्म केसीले ५७ घण्टा अनवरत भाषण गरीसकेको विश्वदर्शन अभियानका अध्यक्ष नारायण प्रसाद भटृराईले जानकारी दिए ।

सो कीर्तिमानका लागि लायन्स क्लव अफ काठमाडौँ विहानीको आयोजना तथा लियो क्लवलगायतका संस्थाको सहयोगमा सो कलेजमा भाषण कार्यक्रमको आयोजना गरिएको थियो ।

भाषणमा केसीले विभिन्न विषयमा प्रवचन दिए भने एक घण्टामा पाँच मिनट विश्राम लिए । उनले दिनरात उभिएर भाषण गरे पनि समय समयमा कुर्सीमा बसेर पनि भाषण गर्न पाउने प्रावधान छ ।

को हुन् अनन्तरा केसी ?
२०५८ सालमा स्वामी विकासानन्दको मनोक्रान्तिमा जोडिएका अन्नतराम केसी त्यसको दुईवर्षपछि सामुदायिक माध्यमिक बिद्यालयको हेडमास्टरको जागिर छाडेर अध्यात्म साधना मार्फत अनन्तको खोजिमा भारततिर लागेका थिए । वास्तवमा यी एक यात्री हुन् । यात्रा उनको रुची हो । उनले नेपालको ७५ जिल्लाको फन्को मार्दा ८५०० किमि दूरी छिचोलिसकेका छन् भने ०६६ सालमा भारतको ६ वटा प्रान्तको ४ हजार किलोमिटर बाटो पनि नापीसकेका छन् । उनले काठमाडौंदेखि भारतको कन्याकुमारीसम्मको १२ हजार ५०० किमिको दूरी पैदल यात्रा गरेका छन् ।

यी यात्री अनन्तराम अब भने लामो अवधिसम्म भाषण गरेर गिनिज वल्र्ड रेर्कडमा आफ्नो नाम लेखाउने तरखरमा छन् । भारत राजस्थान निवासी अश्विन सुडैनको रेकर्ड तोड्ने दाउमा छन् अनन्त । सकेसम्म १०० घण्टा नभए ८४ घण्टासम्म लगातार भाषण गरेर गिनिज वल्र्ड रेर्कडमा नाम लेखाउन उनी कस्सिएका हुन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार