रंगकर्मी तथा फेसन डिजाइनर निताको ‘ब्यूटी हेरिटेज’ सञ्चालनमा


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । रंगकर्मी तथा फेसन डिजाइनर नीता थापाको ‘ब्यूटी हेरिटेज’ अभिनेतादेखि पूर्वमन्त्रीसम्मले उद्घाटन गरेपछि सञ्चालनमा आएको छ ।

शुक्रवार पूर्वमन्त्री प्रभु शाह, अभिनेता नरेन खड्का, बलिउड सेलिव्रेटी फेसन डिजाइनर विशाल कपूर र वरिष्ठ व्यूटिशियन कमला श्रेष्ठले संयूक्त रुपमा ‘ब्यूटी हेरिटेज’ को रिवन काटेर उद्घाटन गरेको बताइएको छ ।

सञ्चालिका नीताले आफू बाल्यकालदेखि नै फेसन डिजाइनर र व्यूटिशियन बन्ने चाहना रहेको बताउँदै अब ‘ब्यूटी हेरिटेज’ बाट ती इच्छा पूरा गर्न बताइएकी छिन्।

सेतो पूलबाट मैतीदेवीतर्फ अगाडि बढ्दै गर्दा राष्ट्रिय बाणिज्य बैंकको सामुन्नेमा ‘ब्यूटी हेरिटेज’ अवस्थित छ । सञ्चालिका नीता सहुलियत मूल्यमा ग्राहकलाई उत्कृष्ट सेवा पस्किने बताउँछिन् । आफ्नो पार्लरमा आउने कलाकारका लागि बिशेष छुटको व्यवस्था गरिएको पनि उनले भनाइ छ ।

‘ब्यूटी हेरिटेज’ को उद्घाटन गर्दै अभिनेता नरेन खड्काले नीताको पार्लरको सफलताको कामना गरे । यस्तै, व्यूटिशियन कमला श्रेष्ठले यो पार्लरले राम्रो सेवा दिने विश्वास व्यक्त गरिन् । यसमा महिलाका लागि हेयर स्टाइलसँगै बुटिकको सुविधा उपलब्ध छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State