नृत्य–सङ्गीत प्रशिक्षण कक्षा सुरु


Share This

नेपालबहस संवाददाता    

१ असार, काठमाडौं । राष्ट्रिय जनसांस्कृतिक महासङ्घले आजदेखि नृत्य तथा सङ्गीत प्रशिक्षण कक्षा सुरु गरेको छ ।

प्रशिक्षणमा नृत्य तथा सङ्गीतका साथै राजनीतिक प्रशिक्षणसमेत प्रदान गरिने महासङ्घका कावा महासचिव प्रेमनाथ अधिकारीले जानकारी दिए । महासङ्घले अविरल कविता र सङ्गीत यात्रा पनि सञ्चालन गरिरहेको छ ।

सुरुमा हप्तामा दुई दिन बिहान ७ देखि ९ बजेसम्म प्रशिक्षण कक्षा सञ्चालन गरिने जानकारी दिँदै उहाँले विद्यार्थीको चाप बढ्दै गएपछि अपराह्न २ बजेपछि पुनः अर्को कक्षा सुरु गरिने सोच रहेको बताए ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार