एलिशाको ‘मखमली चोली’मा अल्झिए पुष्प (भिडियो)


Share This


नेपालबहस संवाददाता    66 Views

काठमाडौँ । गीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ गीत रिलिज भएको छ। शुक्रबार गीतकार गुरुङकै युट्युब च्यानल ‘भाव सागर इन्टरटेनमेन्टबाट ‘मखमली चोली’ बोलको गीत सार्वजनिक गरिएको हो।

राजन खतिवडाको सङ्गीत रहेको उक्त गीतमा सुमन केसी र मेलिना राईको स्वर रहेको छ । पछिल्लो समय निकै व्यस्त गायक सुमन केसी र रुचाइएकी गायिका मेलिना राई गीतबाट निकै आशावादी रहेको बताउँछन्।

त्यस्तै, एक गाउँले परिवेशको सुन्दर युवतीको ‘मखमली चोली’ देखेर एक युवा आकर्षित भएको कुरालाई गीतको मध्यमबाट उतारिएको गीतकार अम्बिका गुरुङले बताइन्। गुरुङ यस वर्ष गीतकार संघले छानेको उत्कृष्ट गीतकारको टप १० सुचिमा परेकी छिन्।

शान थापा निर्देशित भिडियोमा पुष्प खड्का र एलिशा राईको अभिनय रहेको छ। निकै सुन्दर लोकेशनमा खिचिएको भिडियोमा पुष्प र एलिशाको केमेष्ट्री खुबै मिलेको देखिन्छ। भिडियोलाई फिल्मी शैलीमा प्रस्तुत गरिएको निर्देशक शान थापा बताउँछन्।

राजिव समरको करियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायाँकङ्न रहेको छ। भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। श्याम स्वेत रसाइलीले मिक्सिङ गरेको गीतको एरेन्जर फडिन्द्र राई हुन्।

तपाईको प्रतिक्रिया