रेलीमाई लिएर आइन् ईन्दिरा जोशी


Share This


नेपालबहस संवाददाता    95 Views

काठमाडौं । गायिका ईन्दिरा जोशी बिल्कुलै नयाँ यूगल गीत ‘रेलीमाइ’ लिएर दर्शक तथा स्रोतामाझ आएकी छिन् । हाइलाइट्स रेकर्ड्सको यूट्युब च्यानलबाट प्रिमियर गरिएको उक्त गीतमा गायिका जोशीले युवा गायक आर्जन पाण्डेसंग यूगल गायन गरेकी छिन् । उक्त गीतमा प्रतिक पौडेलको शब्द तथा संगीत सुन्न सकिन्छ । रिकेश गुरुङ उक्त गीतका संगीत संयोजक हुन् ।

नृत्यपरक उक्त गीतको म्युजिक गायिका जोशी तथा गायक पाण्डेले आकर्षक अभिनयका साथै उत्कृष्ट नृत्य समेत गरेका छन् । भिडियोमा उनीहरुले प्रेमदेखि विवाहसम्म गरेका दृष्यहरुलाई आकर्षक शैलीमा चित्रण गरिएको छ ।

हरि हुमागाईंद्वारा छायांकन गरिएको उक्त भिडियोलाई प्रविण सिंहले निर्देशन गरेका हुन् । निशान घिमिरेले उक्त म्युजिक भिडियो सम्पादन गरेका हुन् । भिडियोमा अभिनय गर्ने कलाकारहरुलाई श्याम लामा तथा सुमन लामाले सिंगार्ने काम गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार