काजिश र ज्योतीको अभिनयमा “नौ लाई शुन्य नब्बे ” भिडियो सार्वजनिक


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । विन्ध्यावासिनी म्युजिक प्रालीको प्रस्तुतिमा रुपकुमार राई र मेनुका राईको “नौ लाई शुन्य नब्बे ” गीतको भिडियो सार्वजनिक भएको छ ।

नेपाली साँगतिक क्षेत्रमा स्थापित बनिसक्नुभएका गायक रुपकुमार राई र गायिका मेनुका राई तामाङको मौलिक लोकदोहोरी गीत बजारमा आएको हो । डि आर आतुको शब्द सिर्जना तथा राजु कार्किको एरेन्जमा सो गीत आएको हो । बैशालु युवा युवतिको कथालाई गीतमा रोचक रुपमा समावेश गरिएको छ ।

ठटयौली पारामा सिर्जना गरिएको गीतमा सर्वोकृष्ट रुपमा मायाको भावहरु समेटिएको छ । अजय रेग्मीले छायाँकन गरेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन । गीतमा ज्योति मगर र काजिश श्रेष्ठको अभिनय रहेको छ । “नौ लाई शुन्य नब्बे ” गीतको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन ।

“नौ लाई शुन्य नब्बे ” गीतको भिडियो

तपाईको प्रतिक्रिया
Road Show Real State