गायक प्रेम र पद्माको मौलिक गीत ‘आफनो पन’ बजारमा


Share This


नेपालबहस संवाददाता    81 Views

काठमाडौं । नेपाली लोकसंगीतको क्षेत्रमा रहेका मौलिक भाकाहरुलाई जर्गेना गर्ने क्रममा मुना मदन डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा मौलिक गीत ‘आफनो पन’ बजारमा आएको छ ।

सिन्धु सगरमाथा अनलाईन रोधी घरको लोक दोहोरी गीत ‘आफनो पन’ गीतमा माया र प्रेम विछोडको त्रिकोणात्मक भाव समेटिएको भिडियो बजारमा आएको छ । मायामा नाममा धनसम्पती प्रति देखाउने ब्यावहारलाई यस गितमा समिटिएको छ । गायक प्रेम रावत र गायिका पद्मा सुनुवारको सुमधुर आवाजमा गीत तयार पारिएको गीत बजारमा आएको हो ।

प्रयत्न कुमारको शब्द सिर्जना तथा प्रेम रावतको मौलिक लय सिर्जना रहेको गीतमा मौलिकपनलाई अधिक मात्रामा प्रयोग गरिएको कारण सर्वोकृष्ट बनेको गायक प्रेम रावतले बताए् । मुकेश हुमाँँगाईले छायाँकन गरेको भिडियोलाई अविनास डिसीले सम्पादन गरेका छन् ।“आफनो पन ” भिडियोमा प्रकाश सपुत र आशा खड्काको अभिनय रहेको छ । गीतको भिडियोलाई बविता पुरीले निर्देशन गरेकी छन् ।

हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया