लिम्बुको मायामा राजेश र दीपा बाँझिएपछि ‘हेर्नुस भिडियो’


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाली लोक संगितमा सबैका कर्णप्रिय सुगम क्षेत्रका गायक राजेश पायल राइ र सुगम क्षेत्रकी नव गायीका दीपा सुहाङको माया बाँझिएको छ ।

राजेश रियल लाइभमा जो अरु संग मायामा बाधिएपनि भर्खरै मात्र रेकर्डिङ सम्पन्न भएको हर्क बहादुर योङहाङ लिम्बुको माया बाँझियो गितमा राइ दिपा सुहाङसंग मायामा बाझिएका छन् । सुगमसंगित क्षेत्रका प्रिय गायक राजेश पायल राइ,जल्दो वल्दो गायक सुसन साम्सोहाङ र नवगायिका दीपा सुहाङको स्वरमा माया बाँझियो सामाजिक गितको रेकर्डिङ भर्खरै सम्पन्न भएको छ ।

हर्क बहादुर योङहाङ लिम्बुको शब्द रचना रहेको पहिलो सामाजिक गित माया बाँझियो जोत-पोत गर्न आउनु, विवशछु समाजले दिदैन कहाँ धाउनु भन्ने गितको रेकर्डिङ सम्पन्न भएको छ । यस गितमा विकास चोधरीको संगितकार रहेको गितकार लिम्बुले बताए ।

व्यापारी क्षेत्रका लागिरहेका नयां गितकार लिम्बु सामाजिक गित लिएर गित संगित क्षेत्रमा उदाएका छन् । भर्खरै रेकर्डिङ सम्पन्न भएको गितको चाडै फाइनल भएर बजामा सार्वजनिक गर्ने उनले बताएका छन् ।

गित रेकर्डिङ पछि पाथिभरा च्यानलले सामुहिक रुपमा अन्तरवार्ता लिएको छ । भिडियो हेर्न तलको लिंकमा क्लिक गरेर हेर्न सक्नु हुनेछ ।

तपाईको प्रतिक्रिया
Road Show Real State