बिक्रम ढुंगानाको ‘घुम्नलाई जाउन कान्छी काभ्रेपलान्चोक’ सार्वजनिक


Share This


नेपालबहस संवाददाता    260 Views

काठमाडौं । नेपाली गीत संगीतको भिडमा के पुर्ब के पश्चिम सबै भू भागका सांगीतिक कोसेलीहरु बजारमा आइरहेका छन् । सोहि क्रममा स्थाई घर काभ्रे र हाल कोरियामा रहेका कलाकार बिक्रम ढुंगानाको घम्न लाई जाउन कान्छी काभ्रेपलान्चोक गित सार्वजनिक भएको छ ।

विक्रमले आफ्नो लय तथा शब्द सिर्जना र लगानी गरेर एक बर्षको अबधि भित्र करिब आधा दर्जन भन्दा बढी गीतहरुलाई सार्बजनिक गरिसकेका छन् ।

जसमा कठै मेरो छोरा , यौटा फुल झरेनी, हाम्रै रोधी घर , पुर्निमा को जुन जस्तो,आयो है दसै र घम्न लाई जाउन कान्छी काभ्रेपलान्चोक उनको सार्बजनिक भैसकेका गीतहरु हुन् ।

बिक्रमको पछिल्लो पटक बजारमा आएको घम्न लाई जाउन कान्छी काभ्रेपलान्चोकू बोलको गीतमा सन्तोष बि.सी र सबिता ढुंगानाको सुमधुर सुन्न सकिन्छ । यस गीतलाई लय तथा शब्द सिर्जना हाल कोरियामा रहेका उनै काभ्रेली युवा कलाकार बिक्रम ढुंगानाको नै रहेको छ ।

निकै रोमान्चक सैलिमा तयार पारिएको यस गीतको म्युजिक भिडियो पनि निर्माण भैसकेको छ । भिडियोमा प्रदिप रोका र मिठु मगरको आकर्षक अभिनय देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन बिशाल बैरागीले गरेका हुन् भने छायांकन कृष्ण श्रेष्ठ र सम्पादन चेतन सागरले गरेका छन् ।

गीतको म्युजिक हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया