दुर्गा साँवाको स्वरमा बिझाउँदिन त्यो आँखामा सार्वजनिक


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । दुर्गा साँवाको स्वरमा नयाँ गीत बिझाउदिन त्यो आँखामा रिलिज भएको छ। स्टारलाईटइन्टरटेन्टमेन्टु नामक युट्युब च्यानलबाट बिझाउँदिन बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा ताराप्रकाश लिम्बुको संगीत रहेको छ भने मुकेश राईको शब्द सुन्न सकिन्छ।

भुपेन्द्र तुम्बाहाङ्फेको निर्देशनमा बनेको भिडियोमा निराजन प्रधान र सिम्रान श्रेष्ठको अभिनय रहेको छ। भिडियोमा एक विधवा महिलासँग हुने एक युवाको प्रेमलाई देखाइएको छ ।

तराईको सुन्दर लोकेशनमा छायाँकन गरिएको भिडियोलाई निर्देशक भुपेन्द्रले नै खिचेका छन्। भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ।

हेर्नुस गित

तपाईको प्रतिक्रिया