सम्झना र डम्वरको “तिमी विनाको संसार” सार्वजनिक


Share This


नेपालबहस संवाददाता    48 Views

काठमाडौं । नेपाली लोकदोहोरी क्षेत्रमा आफनो छुट्टै पहिचान बनाइरहेका लोकप्रिय गायक डम्बर बिश्वकमा र सम्झना विसीको उत्कृष्ट शव्द सिर्जनामा “तिमी विनाको संसार” सार्वजनिक भएको छ ।

सम्झना र डम्बरको शब्द सृजना रहेको “तिमी विनाको संसार” बोलको गितमा मुना थापा र रुपक बि।क ले स्वर दिएको गीत बजारमा आएको छ ।

गीतमा अमित बावु रोकायाको लय सिर्जना रहेको छ । मायालु जोडिको प्रेमको भावहरु गीतमा देख्न सकिन्छ। सुरेश श्रेष्ठले छायाँकन गरेको भिडियोलाई अमर शाक्यले सम्पादन गरेका छन् । गीतको भिडियोमा चर्चित मोडल सञ्चिता शाही र विमल अधिकारीले अभिनय गरेका छन ।

भिडियोलाई कपिल लामाले निर्देशन गरेका भिडियो म्यूजिक नेपालको युटुव च्यानल मार्फत बजारमा ल्याएको छ ।

तपाईको प्रतिक्रिया