fbpx

दिपकको दशैंमा लिङे पिङ सरर


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । दशैं आएसँगै गायक दिपक ढकालले सवै साथीसङ्गिलाई आउन रमाइलो गरौं भनेर वोलाएका छन । सयपत्री मखमली फुलेसँगै मुख्य चाडहरु दशैं र तिहारमा झुम्दै नाच्न भनेका हुन । उनी सँगै गायिका पार्वती कार्कीले पनी नाचेर रमाइलो गर्न सहमती जनाएकी छिन ।

उनीहरुको सहमतीले नाच हेर्न सवै उत्साहित छन , जुन नाँच सार्वजनिक भैसकेको छ । यो नाच्ने र गाउनेको कुरा उनीहरुले दशैंको गीत मार्फत भनेका हुन ।

दिपक ढकाल र कुमार ढुङ्गानाको प्रस्तुती स्वरुप आएको गीत “दशैंमा लिङ्गे पिङ सरर” को म्युजिक भिडियो वुढा सुव्वा डिजिटल प्रा.लि को युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।

गीतमा दिपक ढकाल, कुमार ढुङ्गाना र पार्वती कार्कीको स्वर रहेको छ । गीतसंगितमा लामो समय अनुभव भोगेका कलाकार माधव भण्डारीको लय तथा शव्द रहेको छ ।

ज्योती फिल्मसको प्रोडक्सनमा उत्पादन तथा निर्माण भएको भिडियोमा निरन श्रेष्ठ र लिला गिरीको दमदार अभिनय रहेको छ । शुक्र लामाको निर्देशनमा तयार भएको भिडियोको छायाङ्कन मरुभुमी नारायणले गरेका हुन भने रोशन धितालले सम्पादन गरेका हुन ।

गायक ढकालको यो भन्दा पहिले ढल्कि जाला अल्लारे जोवन , रानीपौवा त्रिशुली ककनी , दाजु मरे अफगानिस्थानैमा लगायतका गीतहरु चर्चामा रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार