fbpx

अछामबाट धिरेन्द्रको मनमा बस्न सुर्खेत पुगिन निरुता


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । सुदुरपश्चिममा क्षेत्रमा गाइने देउडा गित पछिल्लो समय सबै क्षेत्रमा प्रिय बन्दै गएको छ । दशैं नजिकिदै गर्दा अछामकी चरी कठै अछाम रैगइ मायाजाल भन्दै ‘सुर्खेत बुलबुले ताल’ बोलको देउडा गीत सार्वजनिक भएको छ।

विशेष फिल्मसको युट्युब च्यानल मार्फत बजारमा आएको उक्त देउडा गीतमा निरुता खत्री र धिरेन्द्र गड्तौलाको आवाज रहेको छ। विशेष डिजिटल रेकडिङ प्रालिले उत्पादन गरेको उक्त देउडा गीतको लय सिर्जना विजय थापाले गरेका छन् भने एरेन्ज पनि थापाकै रहेको छ।

Image may contain: 11 people, outdoor

बासु बरालको छायांकनमा तयार भएको उक्त देउडा गीतको शब्द सिर्जना लक्ष्मण जोशीले गरेका हुन् भने भीम थापाले निर्देशन गरेका छन्।‘सुर्खेत बुलबुले ताल’ बोलको देउडा भिडियोमा टेक विष्ट र हेमानी दुंगालको टिपीकल अभिनय हेर्न सकिन्छ।

निकै मार्मीक देऊडा गितमा आफ्नो मायालाई लुगाफाट दिने र सुर्खेतको पानी खाने लगायतका शब्दले सम्बोधन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार