गायक लोकेन्द्र शाही र बालिका तामाङको “आत्महत्या ”


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । जिवनका वियोगान्त घटना क्रमलाई समेटेर बजारमा सर्वोकृष्ट गीतहरु आइरहेको अवस्थामा भैरब कालिका म्युजिक प्रालीको प्रस्तुतीमा गायक लोकेन्द्र शाही र बालिका तामाङको आवाजमा “ आत्महत्या ”बोलको गीत भर्खरै मात्र बजारमा आएको छ ।

बाध्यता र बिवस्ताको कारण आपसमा टुटनु पर्दाको पिडालाई गीतमा समेटिएको छ । मायामा रहेका प्रेमिल जोडीहरुको पिडालाई निकै मार्मिक रुपमा समेटिएको छ ।

बालिका तामाङको शब्द सिर्जना तथा लोकेन्द्र शाहीको मौलिक लय सिर्जनमा गीत तयार पारिएको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन गीतमा रहेको छ । “आत्महत्या ” गीतमा लोकेन्द्र शाही र बालिका तामाङको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार