fbpx

माइतीघरमै घन्कियो ‘लुट्न सके लुट’ [फोटो फिचर]


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाली लोक दोहोरी गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ लाई फेरि सार्वजनिक स्थलमा बजाएर छमछमी नाचिएकाे छ ।

आइतबार साँझ माइतीघर मण्डलामा युवाहरूले अभिव्यक्ति स्वतन्त्रता रक्षा गर्न गायक पशुपति शर्माको गीत सार्वजनिक स्थलमा बजाएर छमछमी नाचेका हुन् ।

स्वतन्त्र नागरिकको आयोजनामा गरिएकाे साे कार्यक्रममा अभिव्यक्ति स्वतन्त्रता रक्षा गर्न ‘लुट्न सके लुट कान्छा’ बजाएर युवाहरु स्वस्फुत रुपमा सहभागी भएर छमछमी नाचेका थिए ।

यसैबीच, आइतबार राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको बैठक बसी विवादित बनिरहेको गीत ‘लुट्न सके लुट..’ लाई फेरि जस्ताको तस्तै यूट्यूबमा राख्न निर्णय गरेको छ । प्रतिष्ठानको बैठकले विवादित भएको गीतका विषयमा लामो छलफल भएको थियो । बैठकमा प्रतिष्ठानका उपाध्यक्ष रहेका गायक पशुपति शर्मा पनि वैठकमा उपस्थित थिए ।

बैठकपछि जारी प्रेस विज्ञप्तिमा शर्माको गीत जस्ताको तस्तै सुन्न पाउनु दर्शक, स्रोताको अधिकार भएको भन्दै पुन अपलोड गर्न सर्जक पशुपति शर्मालाई आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार