गीतकार किरण पौडेलको शुभकामना प्रदेशबासीलाई गीत सार्वजनिक


Share This

नेपालबहस संवाददाता    

काठमाडौ,२५ बैशाख । भावना म्यूजिक द्धारा गीतकार किरण पौडेलको शब्द र वरिष्ठ सङ्गीतकार गैरे सुरेशको संगित रहेको शुभकामना प्रदेश बाशी लाई बोलको गीत सार्वजनिक भएको छ ।

यस गितमा पहिलो नेपाल तारा दिपक लिम्वु र दोश्रो नेपाल तारा सन्तोष लामाले पहिलो पटक एउटै गीतमा स्वर दिएका छन । साथै लिम्बु र लामा लाई निशा देशार, निरा रानाभाट तथा शोभा पाण्डेले पनि स्वरमा स्वर दिएका छन ।

ए वान म्यूजिसियन स्टुडियोमा रेकडिङ्ग भएको यस गितका एरेन्जर आमोश तामाङ्ग र रेकडिस्ट राजेश श्रेष्ठ रहेका छन् । गीतकार पौडेल र सङ्गीतकार गैरे शशस्त्र प्रहरी बलका वरिस्ठ प्रहरी अधिकृत हुन ।

​ देश संघियतामा गईसकेको अवस्थामा प्रदेशवासीलाई शुभकामना दिईएको यो गीतले शहर देखि गाँउ सम्मको सडक खानेपानी लगायतका विषयवस्तुहरुलाई उजागर गर्न खोजीएको छ ।

साथै विदेशिएका दाजुभाई दिदिबहिनीहरुलाई समेत आफ्नै देशमा गरिखाने माहोल वनाई फिर्ता वोलाउनु पर्ने सन्देश समेत दिन खोजीएको छ । राष्ट्रिय भावनाले ओतप्रोत युक्त शब्द रहेको शुभकामना सबै प्रदेश वासीलाई गितले नेपाली साङ्गितिक आकाशमा रास्ट्रीय गीतको रुपमा चिनिने बिस्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State