बाल गायिका स्वप्निल गुरुङको ‘आमा तिम्रो मायाँ’ म्युजिक भिडियो सार्वजनिक


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । बाल गायिका स्वप्निल गुरुङको स्वरमा रहेको ‘आमा तिम्रो मायाँ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । मित्र के.सी.को शब्द तथा संगीत रहेको उक्त गीतलाई सन्दिप राईले संगीत संयोजन गरेका हुन् । मिना लामाको निर्देशन रहेको म्युजिक भिडियोमा दोर्जे डोल्मा गुरुङ, सुमिना तामाङ र मञ्जुश्री बाल गृहका बालबालिकाको अभिनय रहेको छ ।

एकान्त मगरले छायांकन तथा सम्पादन गरेको भिडियोले यतिबेला दर्शक, स्रोताको मन जित्न सफल भएको । बाल गायिका स्वप्निल गुरुङले छाटो समयमा पाएको चर्चाले भविष्यमा गायन क्षेत्रमा उनको उच्च स्थान बन्ने विश्वास गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State