कथाकार बियस राईको ‘जोखना’ मण्डला नाटकघरमा



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । कथाकार बियस राईले लेखेको ‘हिउँमाँझी’ कथासंग्रहमा समावेश कथा ‘जोखना’ मण्डला नाटकघरमा मंञ्चन भैइरहेको छ । , नाटकमा किराँती संस्कृति र जीवनशैली देखाइएको छ ।

१० बर्षे जनयुद्धको समयमा आफ्नो श्रीमान गाउँबाट हराएपछि एउटी महिलाले भोग्नु परेको साँस्कृतिक र राजनैतिक समस्यामा नाटक जोखनामा देख्न सकिन्छ । नाटकको सुरुको कथा साकेला नाच्न जाँदा जसे ‘रुपेश लामा’ एकाएक हराउँछन्।

वर्षौसम्म घर नफर्कँदा सबैले आश मारिसकेको हुन्छ। कतिले त जसे मरिसकेको ठान्छन्। भ्रमयुक्त आदर्शमा टेकेर खोजिएको समाधानले कति प्रिय नतिजा ल्याउँछ, यसैको मनोदशा हो जोखना।

नाटकमा प्रयोग गरिएका संवाद दृश्यसँगै बगेका छन्। संवादमा किराँती ट्युन सान्दर्भिक लाग्छ। साकेला नृत्य समेत समेटिएको नाटकमा पात्रहरुले गाइरहने गीतहरु मन छुने छन्। नाटकमा प्रयोग गरिएका संगीत निकै मिठो सुनिन्छ।

यसमा किराँती बाजागाजा नै प्रयोग पाइन्छ। जोखनालाई नाट्य रुपान्तरण राजन मुकारुङले गरेका हुन्। किरण चाम्लिङ निर्देशित नाटक मण्डला नाटकघरमा मञ्चन भइरहेको छ।कथाकार वियस राईको


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार