गायक खड्ग गर्बुजाको आत्मकथा ‘मोडिएको बाटो’



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । चर्चित लोक गायक खड्ग गर्बुजाको आत्मकथा “मोडिएको बाटो “ पुस्तक माथी अन्तरक्रिया कार्यक्रम भएको छ ।

कार्यक्रममा खड्ग गर्बुजालो आफुले राम्रो कुरा बाहिर आउन नराम्रो कुरा भित्रै लुकुन भन्ने प्रकारको पुस्तक पढिरहेको वर्तमान समयमा आफुले भित्र जे छ त्यही देखाएर किताब लेखेको बताए ।”

जीवनमा दुर्घटनाको कारण आफ्नो खुट्टा नचल्ने भएर ह्वील चेयरमा हिडनु पर्ने भए पनि आफु अविरल लोक संगीतमा लागेको बताए । “ जीवनको मोडमा अफिसको खान खाने पैसा नहुदा राजधानीमा दुख पाएको , यौन जीवन , गायन जीवन लगायतको कुरा पुस्तकमा ल्याएको र जे जस्तो हुदा पनि गायन आफु संगै शरीर जस्तै हिडेको छ ।”

लेखन कुन्जमा भएको कार्यक्रममा पुस्तकका सम्पादक अमृत दाहालले पुस्तकको उत्पत्ति फरक क्षमताका बाबजुद लडिरहेको देखेर खड्ग गर्बुजाको सम्पादन गरेको बताए । “ बजारमा अहातों पुलिन्दा बनेको बायोग्राफ़ी भन्दा नितान्त फरक छ , प्रेरणादायी कुरा पुस्तकमा समेटिएको छ ।”

घोष्टराईटिग नेपालको सम्पादक टंक पन्तले राज्यले माया गर्ने राज्यको लागि चाहिने ब्यक्तिको पुस्तक मोडिएको बाटोमा आएको बताए ।प्रकाशक घोष्ट राईटिंग नेपालले प्रत्येक मान्छे पुस्तक भएको र त्यसको लागि आफु लागिरहेको र खड्ग गर्बुजाको पुस्तकले ग्लुकोजकै काम गर्ने बताए ।

फरक क्षमताका लेखक खड्ग गर्बुजाले फरक क्षमताका मान्छेलाई नेपालमा भएको दुखको बारेमा प्रष्ट पारे । “ हामी आफ्नो ढंगमा बाँचेर आंफुले अरुलाई पाल्न सकिने अरुको भर पर्न नपर्ने यसले देखाउछ ।”


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार