आज धितोपत्र बजारमा शेयरको मूल्य घट्यो

काठमाडौं । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा आज भने शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलब ७९ विन्दुले घटेर एक हजार २४१ दशमलब ६४ विन्दुले बढेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचकसमेत शून्य दशमलब४५ विन्दुले घटेर २६४ दशमलब १० विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १५२ कम्पनीको १४ लाख ६४ हजार ८९४ बित्त शेयर रु ३३ करोड ५८ लाख ६५ हजार ५२३ मूल्यमा खरिदबिक्री भएको छ । कारोबार रकम भने आइतबारको तुलनामा बढी हो । थप पढ्नुहोस्

सूचिकृत कम्पनीलाई नेप्सेले दियो चेतावनी

४६ कम्पनीको नविकरण शुल्क बुझाउन बाँकी काठमाडौं । पटक–पटकको अनुरोधलाई वेवास्ता गर्दै आएका नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा सूचिकरण भएका कम्पनीहरुले आज असोज २९ गतेभित्र बार्षिक नविकरण शुल्क नबुझाए दशैं पछिको पहिलो कारोबार दिन कात्तिक ४ गते देखि शेयर कारोबार रोक्का हुने चेतावनी दिएको छ । नेप्सेले धितोपत्र कारोबार नियमावली बमोजिम सूचीकरण नविकरण शुल्क आश्विन मसान्त सम्ममा बुझाउन यसअघि नै निर्देशन दिएको थियो । नेप्सेका अनुसार हाल नेप्सेमा सूचीकृत रहेका १९८ वटा कम्पनीहरुमध्ये असोज २८ गतेसम्म १५२ कम्पनीले नविकरण शुल्क बुझाएका छन् । थप पढ्नुहोस्

मोटर बाटो नभएको ठाउँमा जनता बैंकले खोल्यो ३ शाखा

काठमाडौं । मोटर बाटो नै नभएको हुम्लाको तीन गाउँपालिकामा जनता बैंकले शाखा खोलेको छ । नेपाल सरकारले सबै स्थानीय तहमा क वर्गका बैंकको पह्ँच पुर्याउने नीति लिएपछि वाणिज्य बैंकहरुले तिब्र रुपमा शाखा विस्तार गरिरहेका छन् । सरकारको यो योजनालाई आत्मसाथ गर्दै जनता बैंकले कर्णाली प्रदेशको अति विकट जिल्ला हुम्लाको तीनवटा गाउँपालिकामा शाखा स्थापना गरी एकैसाथ कारोवार सुभारम्भ गरेको छ । हुम्ला जिल्लाको अदानचुली गाउँपालिका, चंखेली गाउँपालिका र ताजाकोट गाउँपालिकाबाट कारोवार सुरु गरिएको बैंकले जनाएको छ । थप पढ्नुहोस्

शेयर बजार दोहोरो अङ्कले वृद्धि

काठमाडौं । धितोपत्र बजारले नेपालीको महत्वपूर्ण पर्व दशैंँलाई हरियो झण्डा देखाएर स्वागत गर्ने सङ्केत गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १४ दशमलब १५ विन्दुले बढेर एक हजार २४२ दशमलब ४३ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३ दशमलव ५१ विन्दुले बढेको छ । समग्रमा आज नेप्से १ दशमलब १५ विन्दुले बढेको हो । कूल १५८ कम्पनीको १० लाख १६ हजार ४६० कित्ता शेयर रु २६ करोड ९९ लाख १३ हजार ७२९ मूल्यमा खरिद बिक्री भएको छ । थप पढ्नुहोस्

दशैं बिदामा पनि बैंकले सेवा दिने

काठमाडौं । यस बर्षको बडादशैंमा बिदाको समयमा पनि बैंक तथा वित्तीय संस्थाले आफ्नो शाखा तथा काउन्टर खुला गरेर सेवा दिने भएका छन् । बैंकहरुले बिदाको दिन सेवा दिने भन्दै काउन्टर र शाखाहरु खुला रहने मिति र समय बारेमा धमाधम सूचना जारी गरिरहेका छन् । समय र शाखा खुला राख्ने बाणिज्य बैंकहरुका कुन शाखा कति बजेसम्म खुला रहेर वित्तीय सेवा दिन्छन् भन्नेबारे हामीले पाठकहरुलाई जानकारी दिन खोजेका छौ । अधिकांश बैंकहरुले बिदाको दिन पनि ३ घण्टा काउन्टर र आफ्ना शाखाहरु खुला राख्ने जनाएका छन् । थप पढ्नुहोस्

बैंकहरुको चाडपर्व अफर, तरलता अभाव न्युन गर्ने टालटुले योजना

काठमाडौं । सरकारले पुँजीगत खर्च गर्न नसक्दा बजारमा नगद अभावको समस्या पुनः सृजना हुने अवस्था आएको छ । कर्मचारीलाई तलब, भत्ता र विभिन्न सेवा सुविधाको नाममा बजेटको अंशहरु खर्च भए पनि विकास निर्माण लगायत अन्य ठूला आयोजनाका लागि सरकारी रकम खर्च हुन नसक्दा गएका वर्षमा झैँ फेरि तरलता अवाभको संकेतहरु देखिन थालेको बैंकरहरु स्वयंम नै बताउन थालेका छन् । दशैं, तिहार र छठ पर्वजस्ता नेपालीहरुले मान्ने ठूला चाडपर्वहरु आएसँगै सर्वसाधारण जनताले बैंकमा जम्मा भएको रकमको ठूलो हिस्सा बजारमा पुर्याएका छन् । चाडपर्वमा मिठो खाने र राम्रो लगाउन सबैलाई मन लाग्ने नै भयो । थप पढ्नुहोस्

दशैंको विदामा पनि प्रभु बैंक खुल्ने (हेर्नुहोस् सुचना)

काठमाडौं । प्रभु बैंक लिमिटेडले दशैं अवधिभर ग्राहकका लागि बैंक खोल्ने सुचना जारी गरेको छ । बैंकले दिएको जानकारी अनुसार तपशिल बमोजमका आफ्ना विभिन्न शाखा कार्यालयबाट सहज रुपमा सेवा दिने जनाएको छ । थप पढ्नुहोस्

दशैंमा राष्ट्र बैंकले पैसा नपठाउँदा हुम्लामा नयाँ नोटको अभाव

हुम्ला । नेपालीको ठूलो चाड बडादशैं लागेसँगै जिल्ला सदरमुकाम सिमकोटमा रहेको एक मात्र राष्ट्रिय वाणिज्य बैंकमा खुद्रा पैसाको अभाव भएको छ । यस वर्ष दशैंमा राष्ट्र बैंकले पैसा नपठाउँदा खुद्रा पैसाको अभाव देखिएको हो । दशैंको घटस्थापना शुरु भएपछि ग्राहक नयाँ नोटको खोजीमा बैंकमा लिन आए पनि बैंकसँग पर्याप्त मात्रामा नोट नहुँदा दिन नसकिएको वाणिज्य बैंक सिमकोट शाखाका निमित्त प्रबन्धक मानबहादुर शाहीले बताए । नयाँ नोटका लागि लागि राष्ट्र बैंकसँग माग गरिएको भए पनि हालसम्म नपठाएकाले समस्या भएको बैंककै कर्मचारी भक्त बोहराको भनाइ छ । थप पढ्नुहोस्

एसियाली शेयर बजारमा भारी गिरावट

सिंगापुर । अमेरिकी शेयर बजार वाल स्ट्रिटमा बुधबार आएको मन्दीसँगै त्यसको असर एसियाली शेयर बजारमा आज देखिएको छ । चीनको शेयर बजार चार वर्षयताकै सबैभन्दा न्यून बिन्दुमा पुगेको छ भने जापान, कोरिया र अस्ट्रेलियाको शेयर बजारमा पनि कमी आएको छ । चीनको शाङ्घाई परिसूचक ५.२ प्रतिशत विन्दुले घटेको छ, र यो नोभेम्बर २०१४ यताकै सबैभन्दा न्यून विन्दुमा पुगेको छ । जापानको निक्की २२५ अङ्कले घटेको छ । दक्षिण पूर्वी एसियाका अरु बजारमा पनि यस्तै असर देखिएको छ । लगानीकर्ताहरु अमेरिकी ब्याजदरमा अरु वृद्धि हुने चिन्तामा डुबेका छन् । थप पढ्नुहोस्

नेप्से परिसूचकमा वृद्धि, कारोवार रकम न्यून

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ९ दशमलब ९५ बिन्दुले बढेर एक हजार २२८ दशमलब २८ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २ दशमलब ३६ बिन्दुले बढेर २६१ दशमलब ४ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकमा वृद्धि भए पनि कारोवार रकममा भने उल्लेख्य वृद्धि हुन सकेन । कूल १६५ कम्पनीको आठ ६२ हजार ३६८ कित्ता शेयर रु २५ करोड २२ लाख ९१ हजार ५४० मूल्य बराबरको शेयर कारोवार भएको छ । थप पढ्नुहोस्
1 2 3 61