२० वर्षमा एनआईसी एसिया बैंक,दुर्गमका विपन्न संग जोडिने योजना


Share This

नेपालबहस संवाददाता    

५ साउन, काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले स्थापनाको १९ वर्ष पूरा गरी २० वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसर पारेर राजधानीमा पत्रकार सम्मेलन गर्दै बैंकले गत आर्थिक वर्षमा एक अर्ब ४७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको जानकारी दिएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ३७ प्रतिशत बढी नाफा कमाएको हो । आर्थिक वर्ष २०७२र७३ मा एनआईसी एसियाले एक अर्ब सात करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

२०७४ असार मसान्तसम्ममा बैंकले ८५ अर्ब निक्षेप संकलन गरी ७२ अर्ब रुपैयाँ लगानी गरेको छ । बैकिङ क्षेत्रमा गत आर्थिक वर्ष तरलताको अभाव हुँदाहुँदै पनि एनआईसी एशियाले निक्षेपमा २६ प्रतिशत र कर्जामा २२ प्रतिशत वृद्धि हासिल गर्न सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले बताए । उनले भने, ‘यस वर्ष निक्षेप ११५ अर्ब रुपैयाँ र कर्जा ९५ अर्ब पुर्याउने लक्ष्य लिएको छौं’

एनआईसी एशियाले २०औं वर्षमा आक्रामक रुपमा बजार विस्तार गर्ने जनाएको छ । चालु आर्थिक वर्षभित्रमा नै बैंकको शाखा संख्या दुई सय एटीएम तीन सय पुर्याउने योजना बैंकको छ । त्यस्तै, शाखारहित बैंकिङ सेवालाई समेत विस्तार गरेर गाउँगाउँमा बैंकिङ पहुँच पुर्याउने रणनीति रहेको बैंकको सीईओ रिसालले बताए ।

बैंकले दुर्गम गाउँका विपन्न वर्गलाई समेत जोड्ने गरी नयाँ कर्जा योजना समेत ल्याउने भएको छ । विपन्न वर्गलाई लक्षित गरेर आगामी दिनमा ससाना कर्जा योजनाहरु सार्वजनिक गरिने बैंकले जनाएको छ । त्यस्तै, चालु आर्थिक वर्षमा नै जाजरकोटमा केन्द्रीय कार्यालय राख्ने गरी माइक्रोफाइनान्स खोल्न लागिएको सीईओ रिसालले बताए ।

एनआईसी एसिया बैंकले बैंकिङबाहेक अर्थतन्त्रका अन्य क्षेत्रमा समेत योगदान पुर्याउने लक्ष्य लिएको छ । केही महिनाअघि मात्र एनआईसी क्यापिटल सञ्चालनमा ल्याएको बैंकले निकट भविष्यमा फूलफेजमा अनलाईनबाट आस्वा एकाउन्ट र डिपोजिट एकाउन्ट खोल्न सकिने गरी डिजिटल बैकिङ सेवा दिन लागेको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार