fbpx

दोहोरो अंकले शेयर बजार बढ्यो


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । लगातार ओरालो लाग्दै आएको शेयर बजार आज दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.८४ बिन्दुले बढेर एक हजार १ सय ९४ बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.४६ बिन्दुले बढेर २ सय ५१. ३२ बिन्दुमा पुगेको छ ।

आज कूल १ सय ५७ कम्पनीको छ लाख ५८ हजार २ सय ९२ कित्ता शेयर १८ करोड ६५ लाख २६ हजार ५ सय ३५ रुपैयाँ मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्से परिसूचक बढे पनि कारोबार रकममा कमी आएको छ । आइतबार २१ करोड १२ लाख १३ हजार ८ सय २८ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

स्टकका अनुसार बैंकिङ ८.०६, होटल शून्य, विकास बैंक १५.८८, जलविद्युत् १९.०१, वित्त १.८, निर्जीवन बीमा १३३.५१, उत्पादन १०.९१, अन्य ९.६३, माइक्रोफाइनान्स ३५.४५ र बीमा ५४.८६ बिन्दुले बढेको छ ।

तपाईको प्रतिक्रिया