अव प्रभु बैंकको शाखा गुर्जुधारामा


Share This


नेपालबहस संवाददाता    176 Views

१० साउन, काठमाडौं । प्रभु बैंकले काठमाडौंको गुर्जुधारामा शाखा कार्यालय स्थापना गरेको छ । सोमवार बैंकको शाखा कार्यालयको उद्घाटन सभासद राजेन्द्र कुमार केसीले गरेका छन् ।

बैंकले उपत्यका भित्रका बैंकिङ्गको पहुँच नपुगेको स्थानमा शाखा खोल्ने क्रममा गुर्जुधारामा शाखा कार्यालय स्थापना गरेको जनाएको छ । सो शाखा मार्फत काठमाण्डौ क्षेत्र नम्बर १० का उद्योगी, व्यवसायी, शैक्षिक संस्था, स्वास्थ्य संस्था,लगायत सर्वसाधारणहरुले बचत,कर्जासंगै अन्य बैंकिङ्ग सुविधाहरु सरल र सहजरुपमा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार