fbpx

एक अर्ब पाँच करोड शेयर खरिद बिक्री


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । साउनको ४ गतेदेखि १० गतेसम्म शेयर बजारमा एक अर्ब पाँच करोड ६२ लाख ९१ हजार रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।

कारोबार रकम गत साताको भन्दा २७.४१ प्रतिशत कम हो । गत साता एक अर्ब ४५ करोड ५१ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १७९ कम्पनीहरुको कारोबार भएको छ । सो क्रममा १८६ कम्पनीहरुको कारोबार भएको थियो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९.५४ अंकले बढेर अन्तिम दिन ११९१.२० अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २.१० अंकले बढेर २५०.९६ अंकमा आइपुगेको छ ।

यससाता कारोबार रकम ‘पाँच करोड ३० लाख ३० हजार रुपैयाँ’ को आधारमा नविल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या ‘एक लाख ३७ हजार कित्ता’को आधारमा मेगा बैंक नेपाल लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या ‘७४५ वटा’ को आधारमा रैरङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया