एनएमबी बैंकले ल्यायो पूर्णरूपमा स्वचालित बैंकिङ सेवा


Share This

नेपालबहस संवाददाता    

११ साउन, काठमाडौं । एनएमबी बैंकले नेपालमा पूर्णरूपमा स्वचालित बैंकिङ सेवा सुरु गर्न सिङ्गापुर स्थित सेवा प्रदायक कम्पनी–बैंक जिनीसँग सम्झौता गरेको छ । यस सम्झौता अनुरूप एनएमबी बैंकले बैंक जिनी सँगको सहकार्यमा ट्याब्लेट उपकरणमा आधारित स्मार्ट टेलर सेवा सञ्चालन गर्दै स्वचालित बैंकिङ सेवा प्रदान गर्नेछ । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी र जिनीका तर्फबाट रामकुमार शर्माले दस्तखत गरेका छन् ।

प्रमुख कार्यकारी अधिकृत सुनिल के.सीले, एनएमबी बैंक बैंकिङ क्षेत्रमा नविनतम् सेवा पु¥याउन अग्रसर रहेको उल्लेख गरे । बैंकले प्रदान गरेको यस सेवाले बैंकलाई डिजिटल बैंकिङ सेवामा अग्रणी स्थानमा उभ्याउनुको साथै ग्राहकहरुलाई बैंकिङ गर्न अझ सहज हुने कुरा बताए । आगामी दिनमा यस्ता कार्यक्रमहरु ल्याउँदै जाने के.सीले जनकारी दिए ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार