fbpx

नेप्से ३ अंकले उकालो लाग्यो


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ परिसूचक ३ दशमलव ६२ अंकले बढेर ११ सय ९४ दशमलव ८२ अंक कायम भएको छ।क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ५९ अंकले बढेको छ।

समूहगत परिसूचकमा ५ समूह ऋणात्मक रहे भने ५ सकारात्मक रहेको देखिन्छ। सबैभन्दा धेरै जीवन बिमा समूहको परिसूचक ५२ दशमलव ६७ अंकले बढेको छ भने होटल समूहको सूचक २० दशमलव १४ अंकले घटेको छ।

आइतबार १५३ कम्पनीका ७ लाख ८१ हजार ४८४ कित्ता शेयर १८ करोड ४९ लाख ९ हजार २७० रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आज जलविद्युत् लगानी तथा विकास कम्पनीका सबैभन्दा धेरै १ करोड २६ लाख ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ

तपाईको प्रतिक्रिया